प्रियंकाका हुनेवाला पतिको सम्पति उनको भन्दा दोब्बर

केही दिन अघि बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँगको बिवाहहो कारण बताउदै फिल्म भारत छोडेकी छन् । प्रियंकाले जुलाई १८ तारिखमा आफ्नो ३६ औं जन्मदिनमा लण्डनमा प्रेमी निकसँग इन्गेजमेन्ट गरेकी थिइन् । प्रियंकाका भावी श्रीमान निक उमेरमा प्रियंका भन्दा ११ वर्ष कान्छा छन् । तर, कमाईको कुरा गर्दा प्रियंकाको कूल सम्पत्ति ११ मिलियन डलर छ भने २५ वर्षे निकको २५ मिलियन डलर रहेको छ ।

प्रियंकाको निक अघि असिम मर्चेन्ट,  अक्षय कुमार,  हरमन बावेजा, शाहिद कपुरसँग नाम जोडिएको थियो भने निक भने माइली साइरस, सेलेना गोमेज, निकोन एन्डरसन, डेल्ट गुडरेम, ओलिविया कल्पो, डेमी लोवेटोसँगको अफेयरका कारण चर्चामा थिए ।