१६ साउनबाट ‘मिष्टर नेपाल २०१८’ को छनौट चरण अडिसन

एक्सपोज नेपालको आयोजनामा ‘मिष्टर नेपाल २०१८’को छनौट चरणको अडिसन १६ साउनबाट सुरु हुने भएको छ । १६ गते ईटहरीको गंगा जमुना होटलबाट सुरु हुने छनौट चरणको अडिसन, १७ गते बिरगञ्जको गोलोवल विजनेस कलेज, १८ गते चितवनको टाईगर प्यालेस र २० गते पोखराको रेष्टुडा क्याफेमा हुँदै २६ गते काठमाडौको टेकुस्थित मसला कटेजमा आएर सकिने छ । पहिलो चरणबाट छानिएका प्रतियोगीले अन्तिस्पर्धाको लागि सहभागिता जनाउन सक्नेछन् ।

‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ ४ प्रतियोगी छानिने छन् । ४ प्रतियोगी मध्ए ‘मिष्टर नेपाल’को शिर्ष बिजेताले ‘मिष्टर वल्र्ड’मा सहभागिता जनाउन सक्नेछन्, भने अन्यले क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा भाग लिन पाउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यका ।साथ आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढि बिषयमा दक्ष प्रशिक्षकद्धार प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतार्ने योजना आयोजकको रहेको छ । यस बर्षबाट मिष्टर नेपाल बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै सुजुकीले भर्खर बजारमा ल्याएको नयाँ बाइक ‘सुजुकी इन्टडर’ समेत प्राप्त गर्न सक्नेछन् ।

२००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा। आयुष्मान घिमिरे, सुरेश गैह्रे, सुरज चिल्वाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझी लगायत दर्जन बढि बिजेता छानिएका छन् ।