अश्लेषालाई सन्तोषकै फिल्मको कथा मात्र मन परेछ

प्रेमगीत २ की हिरोइन अश्लेषा ठकुरीलाई आफूले गर्न सक्ने राम्रो कथा चाहिएको छ । यसैले फिल्मको अफर आएता पनि उनले काम गरिनन् रे । अश्लेषाले यही कुरा मिडियालाई भनेकी छन् । अश्लेषाले बर्षमा आधा दर्जन फिल्म खेलेर पनि काम नहुने बताइन् । तर,  निर्माता सन्तोष सेनको ब्यानरमा भने उनलाई कुनै आपत्ती छैन । सन्तोष सेनको ब्यानर बाहेक अरुको ब्यानरको फिल्ममा काम नगर्दा प्रश्न त उठ्ने नै भयो । आशुसेन फिल्मस भन्दा अरुले नपत्याएर पनि त अश्लेषाले काम नगरेको हुनसक्छ ?

तर, अरु हिरोइनले जस्तै अश्लेषाले पनि यो कुरा स्विकार गरिनन् । किनकी, काम नै नपाए पनि अफर त आएको तर कथा मन नपरेको भन्ने कलाकारको कमी यो बजारमा छैन । अश्लेषाले राम्रो कथा अरु ब्यानरका फिल्ममा मात्र नपाएकी रहिछन् । नत्र, आशुसेन फिल्मसले जुन कथामा फिल्म बनाएपनि अश्लेषाका लागि राम्रै लाग्ने रहेछ क्यारे ।

प्रेमगीत २ फिल्मबाट अश्लेषाले तारिफ नपाएको कुरा सबैलाई थाहा छ । यसैले उनलाई अरु ब्यानरले अफर नै नगरेका पनि हुनसक्छन् । तर, अश्लेषा राम्रो कथा मात्र खोजेको बताउँछिन् । सायद, सन्तोष सेनले जस्तो राम्रो कथा उनलाई अरुले अफर नगरेको नै वुझ्दा भो होइन त ?