प्रियंकासँग जीवनभर काम नगर्ने सलमानको निर्णय

बिहेको बहाना बनाएर प्रियंका चोपडाले फिल्म ‘भारत’ बाट हात झिकेपछि सलमान खान आक्रोशित भएका छन् । हलिउड इन्ट्री पछी फिल्म ‘भारत’बाट बलिउड इन्ट्रीको तयारीमा थिइन् । तर, एकाएक उनी सो फिल्मबाट अलग्गिएको खबर आयो । ‘भारत’ का निर्देशक अलि अब्बास जाफरले यो खबरलाई पुष्टि गर्दै प्रियंकाले चाँडै बिहे गर्न लागेकाले फिल्म छोडेको बताए ।

तर, प्रियंकाले फिल्म छोड्नुको वास्तविक कारण कट्रिना कैफ रहेको बुझिएको छ । यो फिल्ममा सुरुमा कट्रिनालाई हिरोइन बनाउने सोचमा निर्देशक जाफर थिए । तर, प्रियंकाले सोझै सलमानसँग सम्पर्क गरेर आफू उनको फिल्ममार्फत बलिउडमा पुनरागमन गर्न इच्छुक रहेको भन्दै हारगुहार गरिन् । र, सलमानले उनैलाई हिरोइन बनाए ।

यता कट्रिनाको मन राख्नका लागि उनलाई गेष्ट रोल दिने कुरा भयो । छोटो भए पनि कट्रिनाको रोललाई दमदार बनाइयो । यही बीचमा फिल्ममा नायिका दिशा पटानीको पनि इन्ट्री भयो । यो सबै प्रियंकालाई मन परिरहेको थिएन । कट्रिना र दिशा पटानीको उपस्थितिले फिल्ममा आफू ओझेल पर्न सक्ने चिन्ता उनलाई भयो । त्यसैले उनले सलमानलाई कट्रिनाको रोल हटाउन भनिन् । तर, सलमान तयार भएनन् । र, प्रियंकाले फिल्म नै छोड्ने निर्णय लिइन् ।

प्रियंकाले आफ्नो प्रेमी निक जोनससँग बिहे गर्न लागेको साँचो हो । उनीहरुबीच ईंगेजमेन्ट पनि भइसकेको छ । तर, बिहेकै कारण उनले सलमानको फिल्म छोडेको भने साँचो होइन । ‘भारत’ छोडेलगत्तै प्रियंकाले फरहान अख्तरको फिल्म ‘द स्काइ इज पिंकु’ साइन गरेकी छन् । यता प्रियंकाले आफ्नो फिल्मलाई आदी बाटोमै छोडे पछि सलमान खान अब आइन्दा उनीसँगै कहिल्यै काम नगर्ने निचोडमा पुगेका छन् ।