के फेरि प्रेममा परिन् नीता ?

‘हामीले भेट्न कथा मैले लेखेको छु, भेटेर पुरा तिमी गर्नु । सँगै हिड्ने गोरेटो मैले खनेको छु, हिडेर पुरा तिमी गर्नु ।’

यो हरफ अभिनेत्री नीता ढुंगानाले लेखेकी हुन् । नेपाली फिल्मकी चल्तीकी हिरोइन नीताको फेसबुक स्टाटस रोमान्टिक छ । आखिर नीता किन एकाएक रोमान्टिक बन्न थालेकी होलिन् ? उनले अझै लेखेकी छिन् ।

‘सँगै जीवन जिउने सपना मैले देखेको छु, जिएर पुरा तिमी गर्नु । एक साँझ रंगिन बनाउन नशा मैले लिएको छु, पिएर पुरा तिमी गर्नु ।’

नीताको यो हरफ कोप्रति इङ्गित होला ? के नीता फेरि प्रेममा परेकी हुन् वा उनी माया गर्ने मानिसको खोजीमा छिन् । नीताको जीवनमा आएका अभिनेता आमेष भण्डारी अहिले उनीसँग टाढा भैसकेका छन् । आमेषसँग टाढा भएपछि निराश देखिएकी नीता अहिले रोमान्टिक देखिन थालेकी छिन् ।

नीताको साथमा नशा पिएर साझ रंगिन बनाउने मानिस आइसकेका हुन् या उनी खोजिमा हुन् ? यो त नीताले नै जवाफ दिदा उपयुक्त होला ।