प्रियंका अभिनित फिल्म ‘कथा काठमान्डु’ को गीत ‘रातको कुरा’ पोर्न साइटमा

Mero Film

प्रियंका कार्की अभिनित फिल्म ‘कथा काठमान्डु’ को गीत रातको कुराले पछिल्लो समय नेपाली मिडिया तथा सामाजिक संजाल तातेको छ । गीतको भिडियोमा समावेश फिल्मका मुख्य दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण यी दुई आलोचनाको सिकार भैरहेका छन् । भर्खरै आयुष्मन देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी प्रियंकाको ब्यक्तिगत सम्बन्धमै दरार पो आउने हो की भन्ने अवस्थामा फेरी अर्को सनसनीपूर्ण खबर आएको छ ।

अस्लिल भिडियोको साइट ‘पोर्न हब’मा उक्त गीतको भिडियो अपलोड भएको छ । अश्लिल भिडियो मात्रै राखिने उक्त वेवसाइटमा प्रियंका र प्रमोदको इन्टिमेट सिनको भाग गीतबाट काटेर अपलोड गरिएको हो । सर्च बटनमा गएर प्रियंका कार्की सर्च गर्नासाथ उक्त भिडियो पाउन सकिन्छ । उक्त भिडियो हाल सम्म १९ हजार भन्दा बढीले हेरिसकेका छन । नेपाली फिल्मी गीतको कुनै सिन पोर्न साइटमा अपलोड भएको सम्भवत यो पहिलो घटना होला ।

यो विषयमा प्रियंका कार्कीले भने अझसम्म पनि मुख खोलेकी छैनन् । गीत सार्वजनिक हुँदा अमेरिकामा रहेकी प्रियंका शनिबार नै नेपाल फर्किसकेकी छिन् । विवाह गरेर सेटल हुने सोच बनाएकी प्रियंकालाई पक्कै पनि यो खबरले खुशी बनाएको छैन । तर यो गीत पक्कै पनि अभिनेत्रीको अंग प्रदर्शनको सीमाका लागि बहस बनेको छ ।


Leave a Reply

Your email address will not be published.