पतिलाई जन्मदिनमा सोनमको स्पेसल गिफ्ट

- मेराेफिल्म

सोनम कपुर र उनका पति आनन्द अहूजा पछिल्लो समय एक पटक पुन चर्चामा छन् आनन्दको जन्मदिनका कारण । जन्मदिनमा सोनमले यस्तो एउटा गिफ्ट दिएकी छिन् जो आनन्दका लागि निकै स्पेशल बनेको छ । सोनम र आनन्दले सोशल मिडीया मार्फत अक्सर आफ्नो प्यार एक अर्काको लागि देखाई रहन्छन् । आनन्दको बर्थडेमा सोनमले एक केक मगाएकी थिईन, जो निकै नै सुन्दर छ । केक यति सुन्दर छ कि यसलाई देखेर आनन्द निकै खुशी भएका छन् ।

यसका अलावा सोनम कपुरकी बहिनी रिया कपुरले आनन्दलाई निकै ठूलो जुत्ता गिफ्ट दिएकी छिन् । सोनमले दिएको केकमा आनन्द लेखिएको छ भने बास्केटबल खेलिरहेको एक प्लेयर रहेको देख्न सकिन्छ । यसको मतलब आनन्द अहूजा बास्केट बल खेल्न निकै रुचाउँछन् र उनी एक स्पोर्ट पर्सन पनि हुन् । यसका साथै सोनमले सोशल मिडीयामा पोष्ट गर्दै भनेकी छिन् जन्मदिनको शुभकामना, तिमी मेरो जिन्दगीमा आएर मेरो जिंन्दगी नै बदलिदिएका छौ । म तिम्रो जन्मदिनमा निकै खुशी छु । बर्थडेमा सुपरस्टार अर्थात सोनमकी पिता अनिल कपूर पनि उपस्थित थिए ।

२०७५ साउन १५ गते १२:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *