रीमाजी, कहिलेसम्म अरुको फिल्म मात्र हेर्ने ?

अभिनेत्री रीमा विश्वकर्मालाई दर्शकले सीओडब्लु काउ गीतमा देख्न पाए । फिल्ममा त खै खै । रीमा विश्वकर्मालाई त मैले पनि मुख्य हिरोइन भएर फिल्म खेलेको थिए र भन्ने लाग्न थाल्यो होला । किनकी, उनले मुख्य हिरोइन भएर फिल्म खेलेको दर्शकले नै भुल्न थालिसकेका छन् ।
आफूले फिल्म नपाएपनि रीमाले अन्य कलाकारका फिल्म भने नछुटाई हेरेको पाइन्छ । रीमा निमन्त्रणा आएका सबै फिल्मका शोमा पुग्ने गर्छिन् । शुक्रबारदेखि रिलिज भएर असफल भैसकेको रोमियो एन्ड मुना फिल्म हेर्न रीमा जय नेपाल हल पुगेकी थिइन् । उनले फिल्मको प्रशंसा खुबै गरिन् । तर, रीमाको काम हेरेर उनका सहकर्मीहरुले उनको प्रशंसा गर्न पाएका छैनन् ।
रीमाले फिल्ममा सफलता पाउन नसकेको कुरा फाइनल हो । उनलाई लिएर देशका चर्चित ब्यानरले फिल्म बनाउने आट गरेनन् । उनका नजिकका निर्देशकहरुले पनि उनलाई लिएनन् । रीमा विश्वकर्मालाई दर्शकले अब मुख्य हिरोइन बनेर फिल्म खेलेको हेर्न नपाउने हुन् त ? रीमाजी कहिलेसम्म अरुको मात्र प्रशंसा गर्ने, आफ्नो प्रशंसा अरुले गरेको चै नसुन्ने ?

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया