सुमिना, रेखा र केकीले डुबाएपछि निर्माताको बुद्दि फिरेछ

Mero Film

निर्माता रमेश एम के पौडेल एक सफल व्यवसायी पनि हुन् । आफ्नो व्यवसायमा सफल भएपनि उनी फिल्म निर्माणमा सफल हुन सकेनन् । फिल्म क्षेत्रमा खै के लोभले उनलाई तान्यो, लगालग फिल्म त बनाए । तर, उनले बनाएका फिल्म नै चलेनन् । सबै फिल्म असफल भएपछि उनको बल्ल चेत खुलेको छ ।

उनले अभिनेत्री सुमिना घिमिरेलाई राखेर नाइन ओ क्लक बनाए । अभिनेत्री रेखा थापासँग मिलेर रुद्रप्रिया बनाए । केकी अधिकारीको विश्वास गरेर राज्जा रानी बनाए । लाखमा सकिन्छ भनिएको फिल्मको बजेट करोड पुग्यो । निर्माताले गोजीबाट पैसा पनि खुरुखुरु निकाले । तर, उनले आफू राम्रैसँग मुर्गा बनेको वुझेछन् ।

अहिले उनी अमेरिकामा रहेर फिल्म मेकिङको कोर्स गरिरहेका छन् । सके फिल्म नै निर्देशन गर्ने नसकेपनि अर्को निर्देशकले फिल्म बनाउँदा आफूलाई पनि मेकिङको ज्ञान हुने उनले बताएका छन् । करोडौ रुपैयाँ डुबाएपछि बल्ल पौडेल निन्द्राबाट ब्यूझिएछन् । उनी जस्तै अरु निर्माता पनि अब मुर्गा होइन मेकर बन्न जरुरी छ ।


Leave a Reply

Your email address will not be published.