सुन तस्करीको कथाका कारण ‘झमक बहादुर’ प्रदर्शनमा सेन्सरको रोक

अपहरण र सुन तस्करीको कथा उठान गरेको भन्दै साउन १८ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोकेको छ । दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी रहेको भन्दै आलोचना खेपिरहेको यस फिल्मको गीत र ट्रेलर केहि समय अघि सार्वजनिक भइसकेको छ ।  निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको र  फिल्ममा आपत्तिजनक तथा समाजमा नकारात्मक सन्देश दिने कुनै पनि सिन छैन । यसै कारण सेन्सर बोर्डले रोक लगाउनुको औचित्य नरहेको बताए ।

फिल्ममा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी,  मिन कुमार तामाङ,  सुजाता थापा,  कल्याण अधिकारी, रवि महर्जन लगायतका कलाकारको भूमिका रहेको छ । पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन, राजु किरातको एक्सन रहेको यो फिल्मका निर्माता मिन कुमार तामाङ हुन् । भोमन कटुवालले फिल्म निर्देशन गरेका हुन् ।