तीजमा तिम्रै नामको मन्त्र (भिडियो)

एन्जिला रेग्मीको स्वरमा नयाँ तीज गीत ‘मन्त्र पढेँ तिम्रै नामको’ सार्वजनिक भएको छ । गीतमा पारु सुवेदीको शब्द,  भिम वि सीको संगीत,  केशव बढुको संयोजन, नविन घर्ती मगरको सम्पादन र भागीरथा गह मगरको कोरियोग्राफी रहेको छ ।

गीतलाई घनश्याम खतिवडाले निर्देशन गरेका हुन् । विरेन्द्र भट्को छायांकन रहको गीतको भिडीयोमा सारिका घिमिरे र निक्ल्योस अर्यालको नृत्य देख्न सकिन्छ ।