‘कुशुम तिम्रो पछौरी’ सार्वजनिक

‘कुशुम तिम्रो पछौरी’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा प्रलाप राईको स्वर, टिका दाहालको संगीत र रमेश दाहालको शब्द रहेको छ ।

विकास लामिछाने र आश्मा गिरीको अभिनय रहेको म्युजीक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडीयोमा नेत्र गुरुङको छायाकन , ओम प्रसाईको ड्रोन र निसान घिमीरेको सम्पादन रहेको छ ।