दिक्पालको बचनले सम्पदाको मुटु घोचेपछी

शान्ता जिसीको नयाँ म्युजिक भिडियो ‘तिम्रो बचनले’ सार्वजनिक भएको छ । गीतमा सन्तोष श्रेष्ठको संगीत तथा गायिका स्वयमको शब्द रचना रहेको छ । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने रेकर्ड तथा मिक्सिङ किशोर थापाले गरेका छन ।

म्युजिक भिडियोमा दिक्पाल कार्की, सम्पदा बानिया र बालकलाकार आयुशी लुईटेलको अभिनय देख्न सकिन्छ । भिडियोलाई आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमा निर्देशक नव ढुंगेलले निर्देशन गरेका छन । भिडियोलाई अमृत सुनुवारले छाँयांकन गरेका छन भने माधव बेलबासेको सम्पादन रहेको छ ।