‘शत्रु गते’ प्रदर्शनको १०० दिनमा

फिल्म शत्रु गतेले राजधानीका दुई हल गोपीकृष्ण र गुणमा प्रदर्शनको सय दिन पुरा गरेको छ । फिल्मले यो सफलता हासिल गरेको हो ।

मह सञ्चारको प्रस्तुति रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शुष्मा कार्की लगायतको अभिनय रहेको छ ।

प्रदिप भट्टराई निर्देशित, हरिवंश आचार्यको कथा रहेको चलचित्रमा पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीको रहेको छ । दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य लगायतले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् । फिल्म चैत्र ९ गते रिलिज भएको थियो ।