देश भर कन्सर्ट गर्दै ‘बोबी’ टिम
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
असार २९ बाट अल नेपाल रिलिज हुने फिल्म बोबी ले प्रचार प्रसारका लागी देशव्यापी कन्सर्ट गर्ने भएको छ । ‘बोबीज लाइभ कन्सर्ट नेपाल टुर’ कन्सर्ट असार १८ मा पोखराबाट सुरु भएर २६ गते भक्तपुरमा टुंगिनेछ ।
टुरमा गायक राजेशपायल राई, टिभी सिरियल भद्रगोलका कक्रोज र बले, कलाकार तथा विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र बोबीका मुख्य कलाकार कविता गुरुङ र उमेश थापा तथा फिल्म निर्देशक मिलन चाम्स सहभागी हुनेछन ।
१८ गते पोखरा सभागृह मिडटाउन, १९ गते चितवन नारायणी रिभर साइड, २० गते हेटौडा बुद्ध चोक, २१गते इटहरी मल आइ सिनेमा, २१ गते नै धरान बसपार्क, २२ गते दमक गोकर्ण डिपार्टमेन्ट, २२ गते बिर्तामोड हनुमान कम्प्लेक्स हुँदै बोबी युनिट राजधानी फर्कने छ । त्यसपछि २५ गते काठमाडौँको बिजी मल, २५ गत नै ललितपुरको लगनखेलमा कन्सर्ट गर्दै २६ गते किर्तिपुर र भक्तपुरको सुर्यविनायक पुगेर टुर समाप्त हुनेछ ।
फिल्ममा कविता गुरुङ र उमेश थापाका अलावा विजय लामा, रुबी राणा शाह, देशभकत खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चाम्स ईन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा संचारकर्मी नरेश भट्टराईको स्किृप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया