रणवीर आलिया विवाह २०२० पछी

संजय दत्तको बायोपिक फिल्म सन्जुमा रणबीर कपूरको एक्टिगको आलिया भाटले खुलेर तारीफ गरेकी छन् । अलियाले भनिन् “सन्जु राम्रो फिल्म हो र फिल्मका सबै मेम्बरहरुले राम्रो काम गरेका छन् । रणबीरले फिल्ममा दमदार एक्टिंग गरेका छन् । म राजकुमार हिरानीको फ्यान हु र वहाको फिल्म हेर्नलाई निकै नै आतुर हुन्छु ।”

त्यस्तैरणवीरका पिता ऋषि कपूरले ट्विटरमा रणबीरको विवाहलाई लिएर प्रश्न गरेका छन् उनले रणबीर आफ्नो साथी अयान मुखर्जीको साथ मुकेश अंबानीका छोराको प्रि इन्गेजमेन्ट पार्टीमा शामिल भएको फोटो शेयर गर्दै लेखे ‘प्रिय साथी अब तिमी कहिले विवाह गर्ने ? यो सही समय हो ।’

बलिउडमा पछिल्लो समय रणबीर र आलियाको केमेस्ट्रीको निकै चर्चा भईरहेको छ । रणबीर र आलिया अनुसार अहिले आफूहरु करियर निर्माणको समयमा रहेको र उनीहरु एक अर्कालाई लिएर सीरियस रहेको बताए । दुईजनाले विवाह जरुर गर्ने तर २०२० भन्दा पहिला नगर्ने बताए ।