‘ल्याङल्याङ’ निर्माण घोषणा

करण श्रेष्ठ निर्देशित फिल्म ‘ल्याङल्याङ’ को औपचारिक घोषणा भएको छ । नेपालका साथै अस्ट्रेलिया र बहराइनमा छायाँकन हुने फिल्म भदौ अन्तिम साता फ्लोरमा जानेछ ।
फिल्म ‘ल्याङल्याङ’मा नाजिर हुसेन, सुष्मिता बुर्लाकोटी, बुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोलाराज सापकोटा, कमलमणि नेपाल, राजन खतिवडा, सरीता गिरी, देवीराम पराजुली, किशोर भण्डारी, शिवहरि पौडेल, दमन रुपाखेती, जीवन भट्टराईले लगायतको अभिनय रहनेछ । लिड फिमेल क्यारेक्टरको भने नाम खुलाइएको छैन ।
रिच इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा टंक बुढाथोकीको संगीत, कविराज गहतराज / रामजी लामिछानेको कोरियोग्राफी, शाहील खानको सम्पादन र अर्जुन भट्टराईको शब्द रचना रहनेछ । अमृत माया श्रेष्ठको प्रस्तुतिमा निर्माण हुने फिल्मको कथा सोम कुस्कु माझीको रहेको छ । पटकथा तथा संवाद भने प्रदिपकुमार चौधरीले तयार गरेका छन् ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया