धुम ४ मा सलमान र क्याट्रिना

बलिउड बार्बी गर्ल क्याट्रिना केफ सिल्वर स्कीनमा सलमान खानसँग धुम मचाउँने वाला छिन् । फिल्म मेकर आदित्य चोपडा सुपरहिट फिल्म धुमको चौथो संस्करण बनाउँने तयारीमा छन् । यशराज ब्यानरले निर्माण गर्ने फिल्म ‘धुम ४’ को चर्चा बलिउडमा निकै नै भईरहेको छ ।

फिल्मका लागि सलमान खान र रणवीर सिंह फईनल हुने स्रोतले बताएको छ भने सलमान र क्याट्रिनाको जोडी रहने चर्चा चलिरहेको छ । यदि धुम ४ मा सलमान खान र क्याट्रिनाको जोडी पक्का भयो भने भरपर्दो जोडी बन्ने छ । किनभने सलमान र कट्रिनाले खेलेका अधिकांश फिल्म सुपरहिट बनिसकेका छन् । त्यस्तै दर्शकले यो जोडीलाई निकै नै मन पराउँछन् ।

क्याट्रिनाले ‘धूम ३’ मा आमिर खानको अपोजिटमा काम गरेकी थिईन ।आदित्य चोपडाले फिल्मको कास्ट पहिले नै फाईनल गरिसकेका छन्  र केही दिनमा आधिकारिक घोषणा हुनेछ । फिल्म २०२० मा रिलीज गर्ने तयारी निर्माण टिमले गरिरहेको छ ।