फिल्म चलाउन शिल्पाले बिहे गर्नैपर्ने ?

विराङ्गना सिनेमाका निर्देशक राजबहादुर सानेलाई हिरो अनुप विक्रम शाहीले मतलब नै गरेनन् । पुरै सिनेमा नखिचिएको भन्दै अनुप विच्किएपछि डेढ करोड बजेटमा बनेको सिनेमाको प्रचार खासै हुन सकेको छैन ।
हिरोइन शिल्पा पोखरेलले पनि महत्वपूर्ण दृश्य नखिचिएको गुनासो गरिरहेकी छिन् ।
अनुपले बाल नदिएपछि अहिले शिल्पा र अनुपको एउटा तस्बिर सार्वजनिक गरिएको छ । अनुप बेहुला बनेका र शिल्पा बेहुली बनेको तस्बिर रिलिज भयो । अनुप र शिल्पा विराङ्गनामा बेहुला बेहुली बनेका छन् । हिरोइन शिल्पाको सिनेमा चल्दा उनको बिहेको कुरा जहिले आउँछ ।
छविराज ओझाले त सिनेमा चलाउन शिल्पासँग प्रेमदेखि बिहेको हल्ला चलाए चलाए । अब, निर्देशक राजबहादुर सानेले समेत शिल्पाको बिहे भएको खबर फैलाउन थालेका छन् । शिल्पा दुलही बन्ने वित्तिकै हलमा दर्शक ओइरिन्छन् भन्ने सोच छविराज ओझामा पनि देखियो, राजबहादुर सानेमा पनि ।
शिल्पा भने, सिनेमा चलाउनकै लागि कहिलेसम्म दुलही बनिरहने हुन् ?

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया