चलचित्र विकास बोर्डको १८औं बार्षिक उत्सव सम्पन्न

नेपाल चलचित्र विकास बोर्डको १८औं बार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ । वि.स.२०५७ सालमा सुचना तथा संचार मन्ञालय मातहत रहनेगी चलचित्र विकास बोर्डको स्थापना भएको थियो ।

बोर्डले आफ्नो बार्षिक उत्सव समारोहकाबीच बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५-७६ भित्रै लागु गरी सक्ने लक्ष राखेको छ । साथै यसै बर्ष भित्र राष्ट्रिय चलचित्र विकास नीति लागु पर्ने बोर्डको तयारी रहेको छ । नेपाललाई अन्र्तराष्ट्रिय सुटिङहवका रुपमा बिस्तार गर्न अन्र्तराष्ट्रिय स्तरको फिल्म सिटीसंगै काठमाण्डौं आपसाप कै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने लक्ष्य बोर्डले राखेको छ ।

सुचना तथा संचार प्रविधि मन्त्री गोकूल बासकोटाको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा २ फिल्म पंचायत र अग्नी दहनलाई बोर्डले पुरस्कृत गरेको छ ।