भरत र मेलिनाको मनको चाहना

राजधानीमा एक कार्यक्रमका बीच गायक भरत राईको एल्बम ‘चाहाना यो मनको’ सार्बजनिक भएको छ । ५ वटा गीतहरु समावेश भएको एल्बमका गीतमा महेन्द्र राई, देवेश राई, टिकेन्द्र राईको संगीत रहेको छ भने मेलिना राई र नम्रता राईको फिमेल स्वर रहेको छ ।

कार्यक्रममा एल्बमको शिर्ष गीत ‘चाहना यो मनको’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायक भरतका साथ मेलिना राइको आवाज रहेको छ भने टिकेन्द्र राईको संगीत रहेको छ । किराँत बिन्दाले भिडियोको निर्देशन गरेका हुन् भने अकिंत कार्कीले छायांकन गरेका छन् । भिडियोमा खम्बुहाङ राई र मिम्छा राईले अभिनय गरेका छन् ।