अर्जेन्टिनाको जर्सीमा रणवीर कपूर

बलिउड स्टार रणवीर कपूर अभिनित फिल्म सन्जुले धमाकेदार ओपनिङ गरे सँगै उनी खुसी मनाउन फुटबल मैदानमा उत्रिएका छन् ।

उनी अर्जेन्टिनाको जर्सीमा बान्द्रको फुटबल मैदानमा देखिए । उनी यसरी फुटबल खेल्न मैदानमा उत्रिएको पहिलो पटक भने होईन । रणवीर राम्रो फुटबल खेल्छन् र धेरै पटक फुटबल खेल्दै गरेको देखिएको छ । सन्जुले भारत लगायत विश्वभर आक्रमक व्यापार गरिरहेको छ । रणवीरसँगै उनका कजन आदर जैन,  सुनील शेट्टीका छोरा आहान र अपरशक्ति खुरानाले पनि फुटबल खेलेका थिए ।