सलोनले ब्रेकअपको भिसा लिएर बाबु कान्छा देखाउने

निर्देशक शोभित बस्नेत फाइदा लुट्न सिपालु छन् भनिन्छ । फिल्म निर्माणमा पनि फाइदा लुट्ने शोभित काममा पनि उस्तै । जति विवादित भएपनि शोभित हराएका छैनन् । अब, शोभितका छोरा सलोन बस्नेतको लाइन पनि उही छ ।
सलोनले रोहित अधिकारीले बनाइरहेको ब्रेकअप फिल्म नगर्ने भएछन् । अष्ट्रेलियाको भिजा नलागेपछि सलोन सुटिङका लागि अष्ट्रेलिया जान पाएनन् भन्ने सुनिन्छ । तर, सलोन र शोभितको जवाफ अर्कै छ । सलोन बस्नेतले त , यात्रा नाम गरेको फिल्मको सुटिङको समय र ब्रेकअपको अष्ट्रेलिया छायांकनको समय एउटै भएकाले नगरेको बताएका छन् ।
फिल्मको घोषणा गर्दा सलोनको नाम आएपनि उनले फिल्मको सुटिङ ज्वाइन गरेको सुनिएको थिएन । तर, सलोनको त यही फिल्मबाट नै अष्ट्रेलियाको भिसा लागेको छ रे । निर्देशक शोभित बस्नेतले सलोनको भिसा आइसकेको तर यात्राले गर्दा ब्रेकअपमा काम गर्न नपाएको जवाफ दिएका छन् । उनले त, छोरा बाबु कान्छा देखाउन अष्ट्रेलिया त्यही लागिसकेको भिसामा जाने बताएका छन् ।
ब्रेकअपको भिसा लगाएर बाबु बान्छा देखाउन जाने सलोनको दाउ राम्रो छ । तर, के सलोनको भिसा लागेकै होला त ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया