‘सन्जु’ ले तोड्यो ‘बाहुबली – २’ को रेकर्ड

बलिउडका चर्चित अभिनेता संजय दत्तको बायोपिकमा बनेको फिल्म सन्जुले यसअघिको बम्पर फिल्म बाहुबली २ को रेकर्ड तोडेको छ । फिल्मले ३ दिनमै १ करोडभन्दा माथीको कमार्ई गरेको छ ।

शुक्रबार ३४.७१ करोड कमाई गरेको फिल्मले शनिबार ३८.६० करोड कमाई गरेको थियो । आईतबार भारतमा सार्वजनिक बिदा भएको कारण पनि फिल्मले एकदमै धेरै कलेक्सन गरेको छ । आईतबार फिल्मले ४६.७१ करोड कमाई गर्दै ३ दिनमै १२०.०६ करोड कमाई गरेको हो ।

यसअघि फिल्म टाईगर जिन्दा हेले ३ दिनमा ११४.९३ कारोड कमाई गरेको थियो । सलमान खानको रेकर्डलाई तोड्दै रणवीर कपूरले नयाँ रेकर्ड बनाएका छन् । त्यस्तै, रणवीरको यो फिल्मले एक दिनमै सबैभन्दा बढि कमाई गर्ने रेकर्ड समेत राखेको छ । फिल्म बाहुबली २ ले एक दिनमा ४६.५० करोड कमाई गरेको थियो । राजकुमार हिरानी निर्देशित फिल्ममा रणवीर कपूर अलवा परेश रावल, मनिषा काईराला, अनुष्का शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।