प्रियंकालाई लिएर ब्राजिल लागे निक

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो व्वईफ्रेण्ड निक जोन्सलाई अमेरिकाबाट आफ्नो आमालाई भेटाउन मुम्बई ल्याएकी थिइन् । यसैक्रममा प्रियंका र निकको सम्बन्धको कुरा मिडीयाहरुमा निकै भाईरल बनेको थियो ।

उनीहरु मुकेश अम्बानीको छोरो आकाशको बिहेमा पनि सामेल हुन भ्याए । मुम्बई र गोवापछि प्रियंका र निक अमेरिका नगई ब्राजिल तिर लागेका छन् । अहिले उनीहरु ब्राजिलको गोइआन्योमा छन् । सोही सहरमा जुन ३० र जुलाई १ मा निकको म्युजिक कन्सर्ट रहेको छ भने प्रोग्राममा प्रियंका पनि रहने छिन् । उमेरले निक भन्दा प्रियंका १० वर्षले ठूली हुन् । प्रियंका फिल्म ‘भारत’ मा सलमानको अपोजिटमा छिट्टै देखिदै छिन् ।