सन्जु पछी सन्नी लियोनीको बायोपिक

- मेराेफिल्म

पछिल्लो समय बलिउडमा बायोपिक निर्माणको क्रम चलिरहेको छ । संजय दत्तको बायोपिकले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहदा सन्नी लियोनी आफ्नो बायोपिक फिल्म ‘करणजित कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ लिएर दर्शक माझ आउँने तयारी गरिहेकी छन् । फिल्मको मोसन पोस्टर हालै रिलिज गरियो ।

उक्त पोष्टर सामाजिक सञ्जालमा सेयर गर्दै सन्नीले लेखेकी छिन् चाडै नै मेरो जीवनको एउटा खुल्ला किताबजस्तो हुनेछ । फिल्म १६ जुलाईमा रिलिज हुने सन्नीले जानकारी दिएकी छिन् । फिल्मको पोष्ट हेर्दा सन्नी लियोनीको जीवनको दुई भागलाई समावेश गरिएको पाईन्छ । पहिलो भागमा पोर्न उद्योगमा आउँनु भन्दा अगाडीको जीवनलाई चित्रण गरिएको छ भने दोस्रो भागमा पोर्न उद्योगमा आईसकेपछिको उताव चढावलाई चित्रण गरिएको छ । सन्नी केही वर्ष अघि भारतीय टेलिभिजनबाट प्रशारण हुने बिग बोशमा सहभागी भएपछि चर्चामा आएकी थिईन् । त्यसपछि उनलाई बलिउडमा फिल्म जिस्म २ मा अफर आएको थियो । उक्त फिल्म पस्चात उनलाई पछाडि फर्केर हेर्नु परेको छैन ।

२०७५ असार १९ गते १०:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *