धिरेन शाक्यको ‘जता हेर्छु केवल तिमी’ (भिडियो)

नायक धिरेन शाक्यको अभिनय रहेको ‘जता हेर्छु केवल तिमी’  गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गीतमा प्रमोद प्रसाई र सोनी कार्कीको स्वर,  रिदम कँडेलको संगीत र सोनीकै शब्द रहेको छ ।

भिडियोमा धिरेनसँगै कमला दाहालले मोडलिङ गरेकी छन् । कमलाले तामिल तथा  नेपाली फिल्ममा समेत अभिनय गरिसकेकी छन् । भिडियोलाई कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेका छन् । भिडियोमा प्रभु गुरुङको कोरियोग्राफी छ ।