अनुभव विना विकास कि विकास विना अनुभव अपुरो ?

बाल कलाकार अनुभव रेग्मीले नाई नभन्नु ल ५ को सिरिज भन्दा अन्य सिनेमामा पनि ट्राइ गरेकै छन् । उनले काम गरेको भैरे सिनेमा रिलिज हुने तयारीमा पनि छ ।
तर, उनलाई दर्शकले नाई नभन्नु ल ब्रान्ड बाहेक अन्यमा रुचाएका छैनन् । विकास आचार्यका प्यारा बाल कलाकार रेग्मीलाई अरु सिनेमामा दर्शकले रुचाएका छैनन् । यो आँखामा तिमी छौ भनेर नाच्दा अनुभवको जुन क्रेज थियो त्यो कम भएको छ । अनुभवलाई लिएर विकासले नाई नभन्नु ल ५ सम्म बनाइसकेका छन् ।

विकास र अनुभव एक अर्काका पर्यावाची जस्तै भएका छन् । न त अनुभव विना विकासले नाई नभन्नु ल को सिरिज बनाउँछन्, न नाई नभन्नु ल बाहेक अरु सिनेमामा अनुभव चल्छन् । विकासले नाई नभन्नु ल को सिरिजमा बालिका परिवर्तन गरे । तर, अनुभव उनका लागि प्यारा भए । अनुभवलाई दर्शकले नाई नभन्नु ल बाहेक अन्य सिनेमामा नपत्याउनु उनका लागि सुखद होइन ।
किनकी, अब अनुभव ठूलो हुँदैछन् । उनलाई बाल कलाकारबाट विस्तारै दर्शकले रुचाउन छाड्नेछन् । सो अवस्थामा अनुभवले आफ्नो काम गर्ने कला परिवर्तन गर्न आवश्यक छ ।
विकास विना अनुभव नचल्ने हुन् कि अनुभव विना विकासको नाई नभन्नु ल सिरिज अपुरो हुने हो ? विकासको सिनेमामा अनुभवलाई दिइएको स्थान हेर्दा त अनुभव विना विकास अपुरो देखिन्छन् ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया