‘बाबु कान्छा’ शिर्ष गीत सार्वजनिक

फिल्म बाबु कान्छाको शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत र  शम्भुजित बास्कोटाको स्वर रहेको छ । भिडियोमा सलोन र करीश्माको प्रेम देख्न सकिन्छ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन ।