‘अदालत’ छायांकन सकियो

दिनेश लिङ्देन निर्देशित फिल्म ‘अदालत’को छायांकन सकिएको छ । फिल्ममा डा. डिजन भट्टराईको शब्द रचना, रोशन वान्तवा राईको संगीत तथा सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर रहेको छ ।

दिनेश माङ्मुको नृत्य निर्देशन , राजु किराँतीको द्वन्द्व , राजु घिमिरेको मुख्य सहायक निर्देशन र विक्रम डिसीको छायांकन रहेको छ । हस्त लिवाङ प्रस्तुतकर्ता रहेको फिल्ममा निर्देशक दिनेशकै कथा रहेको छ भने मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माताको रुपमा रहेका छन् ।

समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरणलगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश दिने फिल्ममा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरमा निर्माण गरिएको हो ।