फिल्म बोबीको ‘अरे सुन’ सार्वजनिक

फिल्म बोबीको मोफसल टुरलाई ध्यानमा राख्दै गीत ‘अरे सुन’ सार्वजनिक गरिएको छ । गीतमा प्रविशा अधिकारी र ताराप्रकाश लिम्बुको स्वर तथा गायक लिम्बु कै शब्द र संगीत रहेको छ । नवराज कृष्ण थापाले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहको सम्पादन छ ।

फिल्ममा कविता गुरुङ र उमेश थापाका अलावा विजय लामा, रुबी राणा शाह, देशभकत खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चाम्स ईन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा संचारकर्मी नरेश भट्टराईको स्किृप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।