कमलको अँगालोमा !

गायक कमल खत्रीको आवाज रहेको नयाँ गीत ‘आउ मेरो अँगालोमा’ सार्वजनिक भएको छ ।

जाउला रेलैमा , सधै भरि यसै गरि, आत्मामा , कोरेर प्रेम पत्र लागयतका हिट गीत दिएका खत्रीको नयाँ गीत सार्वजनिक भएको हो । शोभा अधिकारिको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ । अनिल के मानन्धरको निर्देशन रहेको भिडियोमा दिपेन्द्र रायमाझी र शोभा अधिकारीको अभिनय देख्न सकिन्छ । निर्देशक मानन्धरले नै खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।