दीपाकी लाला, करिअर कस्तो जाला ?

‘छक्का पन्जा २’ मा काम गरेपछि हिरोइन स्वस्तिमा खड्का धेरैकी लाला बनिन् । छक्का पन्जा २ की निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, केदार घिमिरेले उनलाई मेरो लाला भनेर बोलाउँछन् । यही लाला भनेर बोलाउँदा बोलाउँदा स्वस्तिमा साच्चिकै लाला नै बनेकी छन् । यही भएर होला, स्वस्तिमाले आफ्नो पूर्ण भूमिका भएको ‘जय भोले’ सँग जुध्ने ‘छक्का पन्जा ३’ को एउटा गीतमा नाच्न पनि नाई भन्न सकिनन् ।

स्वस्तिमाको बुधबार जन्मदिन परेको छ । दीपाश्रीले उनलाई मेरी लाला भनेरै शुभकामना दिएकी छन् । दीपाकी लाला अहिले दुई चारवटा सिनेमा हातमा परेर मख्ख छिन् । बुलबुलमा काम गर्न लागेकी स्वस्तिमा खड्कालाई ठूलो ग्रुपमा काम गर्न सहज लाग्ने गर्छ । यही भएर स्वस्तिमा ठूला ठूला समुह भएको सिनेमाको हिरोइन बनिरहेकी छन् ।

स्वस्तिमा खड्कालाई फिल्म फाप्दै गएको छ । यसैले पनि लालाले आफूलाई सम्हाल्न सकिन् भने उनी अगाडि बढ्छिन् बढ्छिन् । स्वस्तिमा राष्ट्र कै भाउजुबाट राष्ट्र कै हिरोइन बन्न आवश्यक छ । लाला रमाइलो मै अल्झिईन भने त सबै स्वाहा हुन्छ । यसैले, दीपाकी लालाको करिअर कस्तो जाला ? जन्मदिनमा यत्ति भन्न त पाइएला नी ।