मुना थापा मगरको ‘तिमी बिनाको संसार’

डम्बर बिश्वकर्मा र सम्झना विसीको शव्द रचनामा “तिमी विनाको संसार”  मुना थापा र रुपक बिकको आवाज रहेको गीत सार्वजनिक भएको छ । गीतमा अमित बावु रोकायाको लय सिर्जना रहेको छ ।

सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन । भिडियोमा मोडल सञ्चिता शाही र विमल अधिकारीले अभिनय गरेका छन । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन ।