सन्जुको ब्यापार जति नै माथि आलोचना पनि

बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ ले बक्स अफिसमा सानदार कमाई गरिरहदा सामाजिक सञ्जालमा भने आलोचनाको शिकार बनिरहेका छन् । फिल्मका निर्देशक राजकुमार हिरानीमाथि दर्शकहरु असन्तुष्ट बनेको छन् ।

विवादित अभिनेता सञ्जय दत्तको छवि सुधार्नका लागि हिरानीले यो फिल्म बनाएको आरोप छ । बायोपिक फिल्म भनिए पनि बायोपिकमा हुनुपर्ने पूर्णता सञ्जुमा छैन । यसले सञ्जय दत्तको जीवनका सबै पक्षलाई छुन सकेको छैन । उनी आतंकवादी नभएको प्रमाणित गर्नमा फिल्म लक्षित देखिएको छ । सञ्जय दत्त आफ्नो कुनै गल्तिको जिम्मेवार छैनन् । धेरैले हिरानीको अघिल्ला फिल्महरुको स्तरमा सञ्जु नरहेको पनि टिप्पणी गरेका छन् । उक्त फिल्म मुन्नाभाई एमबीबीएस,  पीके, थ्रि इडियट्स जस्ता फिल्महरुमा पाइएको कुरा देख्न नपाएको उनीहरुको भनाई छ । फिल्ममा रणवीर कपूरले गरेको अभिनयलाई धेरैले तारिफ गरेका छन् । व्यापारिक रुपमा सञ्जुले किर्तिमान राखेको छ । फिल्मले सञ्जय दत्तका फ्यान र रणवीरका फ्यानलाई आकर्षित गरेको छ । फिल्म आम दर्शकहरुका लागि खासै रुचिकर छैन ।