‘एमएस धोनी द अनटोल्ड स्टोरी’ को सिक्वेल बन्ने

चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ दुई वर्षअघि निकै हिट भएको थियो । अब यस फिल्मको दोस्रो भाग बन्ने चर्चा सुरु भईरहेको छ । एक  समाचारका अनुसार अर्काे वर्ष प्रदर्शन गर्ने लक्ष्यका साथ फिल्मको तयारी सुरु भएको छ ।

यसमा धोनीको भुमिका फेरि एकपटक सुशान्त सिंह राजपूतले नै निभाउनेछन् । उक्त फिल्मको सिक्वेल धोनीले आइपीएलमा चेन्नई सुपर किङ्सको कप्तानी सम्हालेको देखि विजेता बनाएकोसम्म घटना समेटिने छ । साथै फिल्ममा धोनीको व्यक्तिगत जीवनलाई पनि फोकस गरिनेछ । सन् २०१५ को विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुग्दाको रोमाञ्चक खेलहरु यसमा देखाईने छ । फिल्मको लागि सुशाान्तले तयारी सुरु गरिसकेको बताइन्छ । उनी नियमित क्रिकेट अभ्यास गरिरहका छन् । नायिका भने दिशा पटानी दोहोरिने छिन्, वा अर्कै नायिका लिइने छ भन्ने पक्का भैसकेको छैन । फिल्म एमएस धोनीलाई निरज पाण्डेले निर्दशन गरेका थिए । फिल्म सन् २०१६ मा भारतको सफल फिल्मको सूचिमा तेस्रो नम्बरमा रहेको थियो ।