भारतीय गायकको आवाज रहेको ‘रोमियो एण्ड मुना’ को गीत सार्वजनिक

फिल्म ‘रोमियो एण्ड मुना’ को दोस्रो गीत ‘साझ पर्यो’ सार्वजनिक भएको छ । कालि प्रसाद बास्कोटाको संगीत रहेको गीतलाई भारतीय गायक गौरव डङ्गोरकरले स्वर दिएका छन् । गीतमा शब्द एकतारे र कालिप्रसाद बास्कोटाको रहेको छ ।

फिल्ममा विनय श्रेष्ठ, सृष्ट्रि श्रेष्ठ, सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसीकै पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ ।  छायाँकन शिवराज श्रेष्ठले गरेका छन् भने निर्देशक प्रशन्न गोपाली रहेका छन् । फिल्म प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्यमा निर्माण गरेका छन् । फिल्म साउन ११ देखि प्रदर्शन हुने छ ।