बोर्ड अध्यक्ष निकिताको पद धर्मसंकटमा

बुधबार साँझ भएको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचार संहिता लागू भएपछि भदौ १४ देखि फागुन २ सम्म पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको छ । उक्त निर्णयका कारण चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलको पद धर्मसंकटमा परेको हो ।

यसका कारण नेपाल सरकार अन्तगर्तका विभिन्न प्राधिकरण,  संस्थान, परिषद्,  बोर्ड,  समिति,  कम्पनी, बैंक वा अन्य संस्थामा मन्त्रिपरिषद वा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति र मनोनयन खारेज हुने भएको छ । निकिता पौडेलले गएको मंसिर २५ गते चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी पाएकी हुन् । तर, उनले बोर्ड अध्यक्षका लागि गएको भदौमा खुल्ला आवेदन दिएकी थिइन् ।

न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियम अनुसार योग्य ठहरिएपछि उनी चलचित्र विकास बोर्डमा नियुक्त भएकी थिइन् । निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । उनी बोर्ड अध्यक्षमा नियुक्त भएको ६ महिना भइसकेको छ । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।