फिल्म ‘म्हेन्दू’ पोस्टर सार्वजनिक

हिमाली कथाबस्तुमा बनेको फिल्म ‘म्हेन्दू’ को पोष्टर सार्वजनिक भएको छ । निर्माता अर्जुन डोटेलले सामाजिक संजाल फेसबुक मार्फत फिल्मको पोस्टर सार्बजानिक गरेका हुन् ।

डोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मले डोल्पाका स्थानिय बासिन्दाको अवस्था र भोगाइलाई चित्रण गरेको छ । फिल्मका निर्देशक देव नेपाल रहेका छन् । फिल्ममा भोला तिमल्सिना , रमेश सोडारी, सोनु राइ, राजकुमार श्रेष्ठ , बाबुराम शाक्य,  बिन्दा थिङ्ग,  कालु राना लगायत कलाकारको अभिनय रहेको छ । मारोन मुभीजको ब्यानरमा बनेको  फिल्मका कार्यकारी निर्माता चन्द्रमणि मुडभरी रहेका छन् भने बुद्धिमान तामाङ सह निर्माता । फिल्ममा बिक्रम कार्कीको छायांकन तथा राजु किरातको द्वन्द निर्देशन रहेको छ ।