नेपाल फोटो प्रतियोगिताको नतिजा सार्वजनिक, यस्ता छन् उत्कृस्ट फोटोहरु

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । २०७५ को आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयरको उपाधि नरेन्द्र श्रेष्ठको गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षिय बालकलाइ अभिभावकले कोशी नदिमा बगाउदै गरेको फोटो विजेता घोषित भएको हो ।

यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् । त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा एक्स्पिरियन्स नेपाल कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे । त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो ।

आईएमएस डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । एक्स्पिरियन्स नेपाल कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो । डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठको फोटो दोस्रो तथा नरेन्द्र श्रेष्ठको फोटोहरु तेस्रो भयो ।

‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार प्राप्त गरेकाछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेकाछन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।
फोटो अफ द इयर : नरेन्द्र श्रेष्ठ

शिखर इन्स्योरेन्स नेपाल स्माइल : दिपेश रोक्का (प्रथम)
काठमाडौंको कीर्तिपुरको पोखरीमा पौडी खेलेका बालक ।

शिखर इन्स्योरेन्स नेपाल स्माइल : नरेन्द्र श्रेष्ठ (द्वितीय)
काठमाडौंको पशुपति वृद्धाश्रममा रहेकी १०० वर्षकी तीर्थमाया राई ।

शिखर इन्स्योरेन्स नेपाल स्माइल : सुरज श्रेष्ठ (तृतीय)
हिलो खेलेर रमाइलो मान्दै गरेका बालकहरु ।

आईएमएस डेली लाइफ : सुनिता डंगोल (प्रथम)
ललितपुरको ताल्छीखेलमा धुलैधुलो भएको सडकमा यात्रा गर्दै एक महिला ।

आईएमएस डेली लाइफ : दुर्गा राना मगर (द्वितीय)
जुम्लाको पाण्डवगुफामा पाल्तु जनावरलाई बुई बोक्दै गरेका किसान ।

आईएमएस डेली लाइफ : केशव थापा ( तृतीय)
कञ्चनपुरको दोधरा र चाँदनी गाउँ जोड्ने नेपालकै लामो महाकाली नदीको झोलुंगे पुल ।

अर्घाखाची सिमेन्ट न्युज विधा : अंगद ढकाल (प्रथम)
जुन २०, २०१६ मा अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम बिस्फोटनमा परी मृत्यु भएका जितेन्द्र थापाकी पत्नी संचिता थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शोकविहवल अवस्थामा ।

अर्घाखाची सिमेन्ट न्युज विधा : संजोग मानन्धर ( द्वितीय)
काठमाडौंको बौद्धमा भेल अाएको सडकमा अपांगता भएका व्यक्तिको ह्वीलचेयर तानेर सहायता गर्दै विद्यार्थी ।

अर्घाखाची सिमेन्ट न्युज विधा : स्कन्द गौतम ( तृतीय)
काठमाडौंमा दुर्घटनाग्रस्त युएस बंगला एयरलाइन्सको विमान ।

नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफ : श्रीराम खत्री (प्रथम)
चितवन राष्ट्रिय निकु्ञ्जमा भारी बोकेर खोला तर्दै गरेका सर्वसाधारण नजिकै एकसिंगे गैंडा ।

नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफ : उम्मिद शाक्य  ( द्वितीय)
कोशी नदीमा माछा पर्खेर बसेको बकुल्लाको पानीमा देखिएको छायाँ ।

नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफ : हेमन्त  श्रेष्ठ (तृतीय)
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आखेटोपहार जलाउँदै सुरक्षाकर्मी ।

एक्स्पिरियन्स नेपाल कल्चर एण्ड टुरिजम : किरण श्रेष्ठ (प्रथम)
जीवित देवीको रुपमा पुजिने कुमारी ।

एक्स्पिरियन्स नेपाल कल्चर एण्ड टुरिजम : दिनेश  श्रेष्ठ (द्वितीय)
लितपुरको बंगलामुखी मन्दिरमा नेवार बालिकाको बेल विवाह गरिदै ।

एक्स्पिरियन्स नेपाल कल्चर एण्ड टुरिजम : अजय मानन्धर (तृतीय)
इन्द्रजात्राको अवसरमा बसन्तपुरमा गुरुजु पल्टनले तोप पड्काउँदै ।

डिसहोम एक्सन स्पोर्टस : प्रतिक रायमाझी (प्रथम)
एभरेस्ट म्याराथन प्रतियोगिताका सहभागी दौडिएका बेला पृष्ठभूमिमा देखिएको हिमाल ।

डिसहोम एक्सन स्पोर्टस : रविक उपाध्याय (द्वितीय)
सोलुखुम्बुको एक गाउँमा स्थानीय युवाहरु भलिबल खेल्दै ।

डिसहोम एक्सन स्पोर्टस : चन्द्र बुद्धाचार्य (तृतीय )
भक्तपुरमा पहिलो पटक गरिएको बाइक रेस च्याम्पियनसिप प्रतियोगिता ।