सम्पादनमा फिल्म ‘नालापानी’

छायांकन पश्चात ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’ को सम्पादन कार्य सुरु भएको छ । सम्पादनसँगै भिएफएक्सको काम पनि भईरहेको छ । २०७६ को सुरुमै प्रदर्शनको लक्ष्य लिईएको यो फिल्मको निर्देशन रमेश अधिकारी ले गरेका हुन् भने निर्माता मनोज शाक्य रहेका छन् ।

हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो । यहि कताबस्तुमा आधारित छ फिल्म ‘नालापानी’ ।

फिल्म प्राचार्य रामराजा कुँवर र प्रा. डा. धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर बनिरहेको छ । ‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनेको यो फिल्ममा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यको रहेको छ । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गरेको फिल्मलाई रामशरण उप्रेतीले छायांकन  गरेका छन् ।