नेपाल आईस फ्राइडे फेसन नाइट सम्पन्न

नेम क्याफे एण्ड बार पुतलिसडक द्वारा शुक्रबार नेपाल आईसको मुख्य प्रायोजनमा  फ्राइडे फेसन नाइट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको प्रायोजनमा विभिन्न बुटिकहरुको प्रदशनीको लागि फेसन सो आयोजना गरिएको हो । कार्यक्रम वर्ल्डकप जर्सी सिक्वेन्स , लेहेङा सिक्वेन्स र गाउन सिक्वेन्स गरी ३ चरणमा सम्पन्न भयो । कार्यक्रममा मनोरन्जनका लागि सांगीतिक प्रस्तुती पनि गरिएको थियो । ६ बजे बाट सुरु भएको कार्यक्रमको पहिरन सहयोगीको रुपमा कल्पना बुटिक रहेको थियो  ।