क्षेत्री, बल्लव र खड्काको ‘नेपाली मन’

गीतकार कृष्णबहादुर थापा क्षेत्री, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको सोलो एल्बम ‘नेपाली मन’ आज सार्वजनिक भएको छ ।

गीतकार प्रेमध्वज प्रधान, कवि तथा गीतकार रत्नशमशेर थापा, गीतकार किरण खरेल, कवि तथा गीतकार दिनेश अधिकारी, गजलकार डा.भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपाली लगायतले संयुक्त रुपमा ‘नेपाली मन’ सार्वजनिक गरेका छन् । स्पार्क इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ । खड्काका सबैभन्दा प्यारो,  नेपाली मन,  गाउँछिन् गीत,  जन्मे हुर्कें जस्ता गीत एल्बममा समावेश रहेका छन् ।