‘सन्जु’ सात दिनको कमाई

रणबीर कपूर स्टारर फिल्म सन्जू ले करिब २०० करोडको हाराहरीमा कलेक्सन गरिसकेको छ । फिल्मले ७ दिनमै इंडियामा १८६.४१ करोड रुपैया कलेक्शन गरेको छ । बुधबार फिल्मले १८.९० करोड कमाई गर्यो । पहिलो दिन ३४.७५ करोड, दोस्रो दिन ३८.७० करोड, तेस्रो दिन ४६.७१, चौथो दिन २५.३५ करोड, पाँचै दिन २२.१० करोड कमाउँदै फिल्मले १६७.५१ करोड रुपैयाँको कमाई गरेको छ । फिल्मले तीन दिन १२०.०६ करोड कमाएर नयाँ रेकर्ड बनाएको थियो । र वीकेन्डमा सबभन्दा ज्यादा कमाई गर्ने वाला फिल्म बनेको छ ।
संजय दत्तको जीवनमा आधारित उक्त फिल्म २९ जूनमा रिलीज भएको थियो । फिल्मका कलाकार रणबीर कपूर, परेश रावल, र विक्की कौशलको एक्टिंगको निकैनै तारिफ भैरहेको छ । फिल्ममा दिया मिर्जा, सोनम कपूर, अनुष्का शर्मा, बोमन ईरानी र जिम सर्भ जस्ता कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । जुन स्पिडका साथ फिल्मले कलेक्शन गरिरहेको छ, यसलाई हेर्दा फिल्मले २०० करोडको कलेक्शन गर्न अब त्यति ठूलो कुरा होईन । २०० करोड क्लबमा रणबीरको यो पहिलो फिल्म ठहरिने छ । यो भन्दा पहिला रणबीरका कुनै पनि फिल्मले यस्तो कमालको कमाई गरेका थिएनन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया