अमृताको बायोपिक बनाउन चाहन्छिन्, दिया मिर्जा

दियाले २ डिसेम्बर २००० मा मनीला  फिलीपीँसमा मिस इंडिया एशिया प्यासिफिकको टाईटल जीतेकी थिईन । उनले फिल्मी करियर २००१ बाट फिल्म ‘रेहेना है तेरे दिल मे’ मार्फत डेब्यू गरेकी थिईन । दिया मिर्जाले साचो घटनामा आफू निकै प्रभावित हुने बताईन् ।

दियाले भनिन् देशमा धेरै यस्तो काहानीहरु छन्, जसलाई फिल्मका रुपमा ल्याउँन सकिन्छ । दियाले भनिन्, ‘यदि कसैले बायोपिक बनाउँछ भने अमृता शेरगिलको बायोपिक बनाओस । किनभने उनी एक कलाकार हुन् ।‘ अमृता शेरगिलले भारतीय कलालाई विश्व भर पहिचान दिलाएकी थिइन्, तर २८ बर्षको सानो उमेरमा नै उनको निधन भयो । अमृता बच्चाहरुलाई निकै माया गर्ने स्वभाकी थिईन् । दिया मिर्जाले संजय दत्तको बायोपिक फिल्म संजूमा संजय दत्तको तेस्रो पत्नी मान्यताका दत्तको भुमिका निभाएकी छिन् ।