भेटको चुप्पाले नजिक भइदैन

कार्यक्रममा देख्ने वित्तिकै दुइ गाला जोडेर चुप्प चुप्प गर्ने कलाकारको बानी नै हो । तर, गाला जोडेर चुप्प चुप्प गर्दैमा उनीहरुको मित्रता कडा छ भन्ने हुँदैन । हिरोइन पूजा शर्मा र आँचल शर्मा भेट्दा नजिक हुन्छन् । गाला जोड्छन्, ओठले चुप्प गर्छन् । तर, आँचल र पूजा भेट्दा जती नजिक देखिन्छन्, अरु बेलामा त्यती नजिक पनि छैनन् ।

हिरोइन बर्षा राउत र स्वस्तिमा खड्का नजिक छन् । छक्का पन्जा २ मा काम गर्नु भन्दा अघि नै उनीहरु नजिक हुन् । रमाइलो छ डटकमले गरेको कार्यक्रममा पनि बर्षा र स्वस्तिमा नजिक थिए । त्यसमा, यी दुइलाई निर्देशक दीपाश्री निरौलाको माया विशेष थियो ।
दुबैजना छक्का पन्जा ३का मुख्य हिरोइन होइनन् । तर, नाई नभन्नु ल ५मा फूपू बन्न नमानेकी बर्षाले दीपाको छक्का पन्जा ३ मा एउटा गीतमै नाच्न हुन्छ भनिन् ।

अभिनेत्री नीता ढुंगाना पनि अरु हिरोइन भेट्दा चुप्प गर्छिन् । तर, उनी झरना थापा जस्तो नजिक अरुसँग छैनन् । झरना र नीता भने धेरै पहिलेदेखि नजिक छन् । भेट्दा अंकमाल गर्दैमा सबैको रिलेशन राम्रो छ भनेर नपत्याउदा नै राम्रो हुन्छ ।