LOVE @ पच्चीस (भाग -२) – अनल गौतम

यो कुन आंप हो दाई ?
माल्दह है भईया ।
किलोको कति हो ?
कितना लेंगे ?
४÷ ५ किलो लिन्छु ।
किलोका सत्तर है आप पैंसठमे लेके जाईए ।
अली मिलाउनुन हुन्न ।
इस साल बहुत नुक्सान हुवा आंधिके चलते आमके फल काफी कम लगी तो भाव थोडा ज्यादा है ।
ठिक छ, ५ किलो राखीदिनुस ।
आप इस थैलेमे चुनकर दिजिए ।
बाईकमा बांध्नु पर्छ, अलि बलीयो झोला डबल गरीदिनुस है ।
ठिक है सभि ऐसे हि लेके जाते हैं ।

म तराईको लहानमा श्रावणको महिना उड्दा उड्दैको चरा खस्ने उखरमाउलो गर्मि मौसमको दिउंसोको समयमा राजमार्गसंगै जोडिएको आंप पसलेसंग आंप किन्नको लागी मोल मोलाई गरीरहेको थिएं । ठुलो छाताको मुनी उसले लगाएको बोलबमको पहेंलो सेण्डो माथी सारेर बढेमानको भुंडी अनि देखाउंदै लुंगी पनि माथी सारेर टाउकामा पनि बोलबमकै गम्छा भिरेर वरीपरि थरी थरीका आंपको डंगुर थुपारेर बसेको मोटो कालो पसले उसको अघिल्तीरबाट हरेक आउने जाने मान्छे लाई इसाराले आंप किन्नकालागी इशाराले बोलाईरहेको थियो ।

गर्मि अत्याधिक भएतापनि चारैतिर आंपको सुगन्ध छाएको थियो मग्मगीदो । पुर्वबाट आउंदै गरेको एउटा माइक्रोबस त्यहि पसल नजिक रोकियो । रोकिनासाथ पसलेको आंखाको नानी प्रसस्त व्यापार हुने सम्भावनाको खुसीले अचानक चम्कीयो । माईक्रोबाट एउटी ठिक्कको उचाई भएकी असाध्य गोर्ही छोटो खैरो कपाल भएकी हाफ पेण्टमा सुडौल खुट्टा देखीएर झनै आकर्षक देखीएकी एक सुन्दर युवती अगाडीको सिटबाट ओर्लिइन् ।

“उफ् कस्तो गर्मि“ भन्दै म भए ठाउं आएर हातले हम्केको जस्तो गर्दै पसलेलाई एक थुप्रो रहर लाग्दा पहेंला र ठुला आपं देखाउंदै सोधीन् । “ए कीतनेका है ?” पसले उसको कुरातिर ध्यान नदिई ड्राईभरलाई फकाउन खोज्दै थियो । “आप भि ले के जाईए बच्चोंके लिए और पेसेन्जरको भि कहिए खरीदनेको ।” फोनमा मस्त गफ गरीरहेको ड्राईभरले उसको कुरै सुनेन ।
“ए आपं किनतेका है, गर्मि हुवा धेरै जल्दी बोलो” छट्पटिदै हकारेको जसरी फेरी सोधिन् तिनले पसलेलाई ।
“किलोका सत्तर है ।” सुर्ति माड्दै बोल्यो पसले
“दो कीलो देना ।” हतारमा भनि उसले ।
पसलेले उसको हातमा एउटा झोला थमायो र उ आंप छान्न थाली ।

म यो दृष्य नियालिरहेको थिएं उसले आंप छानिरहंदा समय लागेकोले होला ड्राईभर कराउन थाल्यो “छिटो गर्नुन” भन्दै । आंप किनिसकेर पैसा तिरेर हतार हतार उ फकर्ने क्रममा मेरो शरीरमा ठोक्कीन आईपुगी । उसले बोकेको आंपको झोला झरेर भुइंमा झर्यो । धन्न आंप भने छरीएन ।

उनि आंफै मसंग ठोकीएकोमा उल्टै मलाई आंखा तर्दै थिईन् । मैले आफैं “सरि” भन्दै झोला टिपेर उसको हातमा राखीदिएं । मलाई रिसाएको भावमा हेरीरहीन उसको गाडी नहिडुन्जेल । म आपंको पोको बाईकमा बांध्न थालें । लहानबाट केहि किलोमीटर मात्र पश्चीम तर्फ अघि के बढेको थिएं ठुलो हावा हुरी सहितको पानि आउने संकेत देखायो मौसमले म हतारीदै अघिल्लो स्टेशनको खोजीमा तिब्र गतीमा मोटरसाईकल हांक्न थालें ।

कुनै बिश्राम गर्ने खालको मनले खएको ठाउं नभेटेर निरन्तर दौडीरहेको थिएं हरीवौन बजारको छेउमा आईपुग्दा अगाडी बाटैमा एक हुल मानिसहरु एउटा माईक्रोलाई घेरेर बसेका थिए । के भएछ भनि मोटरसाईकल छेउमा साइड लगाएर बुझ्दा त अघि मेरो अगाडी आंप किन्न रोकेको माइक्रोले एक जना पैदल यात्रुलाई सामान्य ठक्कर दिएको रहेछ अनि सोहि बिषयमा बिबाद बढीरहेको रहेछ ।

म फर्केर मेरो मोटरसाईकलमा बस्नै लागेको थिएं मेरो पछाडीबाट “तपाई कहां सम्म जानुहुन्छ ?” एउटा मधुरो नारी स्वर सुनियो । फर्केर हेरेको त अघि उहि म संगै आंप किन्ने युवति रहिछिन् । “हेर्नुन गाडी एक्सीडेन्ट भयो, कति बेला जान्छ थाहै छैन । स्थानियहरुले घेरेका छन् आज गाडी जान दिन्नौं भन्दैछन् ।” मलीन मुहारमा मसंग उनलाई गन्तब्यमा पुर्याई दिनका लागी गुहार माग्दै थिईन् । “हजुर जहां सम्म जानुहुन्छ मलाई छेउको बसपार्क सम्म छोडीदिनुभएहुन्छ म अर्को गाडी चडेर जान्छु ।”

मलाई अघि कत्ती घमण्डी लागेको यि युवती प्रति दया लाग्यो “कहां जाने हो र तिमि” भनि सोधें ।
“म काठमाण्डौं जाने हो दाई“ उसले आशालाग्दो नजरले हेर्दै जवाफ फर्काइ ।
“म पनि काडमाण्डौ नै जान लागेको” भने मैले ।
“हो र प्लीज दाई मलाई पनि लगिदिनुन” भन्दै दुई हात जोडीन् ।

मैले “हुन्छ बस” भनें र पछाडी बांधेको आंपको झोला झीकेर मोटरसाईकलको लेग गार्डमा राम्ररी बाधें । उ हत्तनपत्त “थ्याङक्यु सो मच” भन्दै माईक्रोबाट आंपको झोला बोकेर आईपुगी ।
“यत्ती नै हो तिम्रो सामान ?” उसको सानो हेण्डब्याग र अघि किनेको आंपको झोला बाहेक अन्य सामान नदेखेर सोधें मैले । “हो नि दाई“ भन्दै मुसुक्क हांसी । मैले उसको आंपको झोला पनि मोटरसाईकलको अर्को पट्टीको लेगगार्डमा झुण्डाएं । मैले पछाडी भिरेको व्याग “यो चाहिं तिमिले बोक्ने है” भनेर उसलाई भिराएं उ फेरी मुसुक्क हांसी । हामी गफ गर्दै आफ्नो गन्तब्य तर्फ लाग्यौं ।

“दाई के गर्नु हुन्छ ?” प्रश्नको सुरुवात उसैले गरी ।
म मिडियामा काम गर्छु ।
ओहो दाई त पत्रकार पो ।
किन डर लाग्यो ?
होईन बरु ढुक्क पो भएं । दाईको घर कहां हो नी ?
हिले, तिम्रो ?
ओहो घर पनि कत्ती रमाईलो ठाउंमा दाईको त । मेरो घर संखुवासभामा हो तर म आजकाल काठमाण्डौंमा बस्छु बिदेश जाने तयारीको लागी ।
ए, के नाम हो तिम्रो ?
एलीना राई । दाईको नाम नी ?
सुवास घिमीरे ।

गफ गर्दा गर्दै हामि पथलैया पुगीसकेका थियौं । “तिमिलाई भोक लाग्यो की” म आफैं पनि थाकिरहेकोले उसको पनि इच्छा जान्न चाहेको थिएं मैले । “छैन दाई, मलाई यो जंगलको बाटो खुबै मन पर्छ । हामि अलि पर कतै डांडाकांडाको छेउछाउ पुगेर खाउं न हुन्न दाई । आफुं त डांडाकांडामै जन्मे सबै यस्तै पो रमाईलो लाग्छ त ।” अलि मस्केको शैलीमा भन्दैथिन् ।

“हुन्छ ।” भनेर अघि बढें । केहि घण्टा अघि लहानमा सुस्ताएको हामी हेटौंडा पुगीसकेका थियौं । हेटौंडा पुगीसकेर बाईरोडको बाटोतर्फ मोडेको के थिएं उनि “कता जान लागेको दाई हामी ?” केहि शंकास्पद शैलीमा सोधिन मलाई । “अघि मात्रै तिमिले ढुक्क भएं भनेकी होईनौ ? तिमि हिडं न म गन्तब्यमा पुर्याइहाल्छु नी ।” व्यङ्ग्यात्मक रुपमा भनें मैले । “मैले त्यस्तो भन्न खोजेकी होईन् । फरक बाटो भएकोले सोधेको मात्रै हो ।” सहज हुंदै उनले भनिन् ।

अघि देखी तराईका फांट र गर्मिमा एकनास हिंडीरहेको हामीलाई अब पहाडी क्षेत्र संगै हल्का चिसोपनको आभाष हुन थालेको थियो । लगातारको मोटरसाईकलको कुदाईले थाकेको शरीरमा केहि उर्जा थपिएको जस्तो भान भयो मलाई । केहि बेरमा “मलाई त जाडो भयो दाई“ भन्दै उ मसंग टांसिन आईपुगी । वास्तबमै त्यहांको चिसो हावाले चिसो बडाएकै थियो । मेरो शरीरको पछाडीको भागले भने नरम र गरम स्त्री शरीरको मिठो स्पर्श महशुस गर्यो ।

धनकुटाको सुन्दर बजार “हिले”को घरबाट बिहानै चिया पिएर निस्केको मैले इटहरीमा केहि नास्ता गरेको थिएं लहान आएर चिया पिउंदै गर्दा आपं किन्नलाई बसेको थिएं त्यस पश्चात यति लामो बाटोमा कहिं कतै बिश्राम गरीन । मेरो ढाडले आरामको निर्देश दिन थालेको निकै बेर भईसकेको थियो तर खै उ मेरो पछाडी बसेदेखी मलाई रोकीन खासै इच्छा भने पलाएको छैन ।

हाम्रो बाईक मकवानपुरको उच्च पहाडी क्षेत्र सिमभञ्याङ पुगेपछि छेउमा रहेको एउटा होटलको अगाडी लगेर रोक्दै “अब तिम्रो गाउंको जस्तै ठाउं आयो, यहि खाजा खाउं अनि एकै छिन आराम पनि गरेर निस्कौंला” भने मैले ।
“ओह्हो दाई काठमाण्डौं जाने बाटोमा पनि यस्तो ठाउं होला भनेर सोचेकै थिईन मैले । हाम्रो खांदबारी जस्तै जस्तै रहेछ त । थ्याङ्क्यु सो मच दाई“ भनेर उसले बोकीराखेको मेरो व्याग भुइंमा छोडेर मेरो अंगालोमा पो बेरीन आई । एकै छिन पछि वरीपरी घुम्दै मोबाईलबाट हामी दुबै जनाको सेल्फी खिच्न थाली ।

केहि बेर बाहिर अल्मल्लेर हामि होटल भित्र छिर्यौ । त्यहां रहेको चना, सेल, अण्डा, तरकारी, आलुचप खांदै चिया पिउन थाल्यौं । म सिगरेट पिउनं थालें ।
“एलीना, तिम्रो बिहे भैसकेको हो ?” मैले सोधें ।
“किन र दाई, म संग बिहे गर्न मन लागेको हो र ?” उसले जिस्काई मलाई ।
“ह्या, भनन्, हेर्दा बिहे भएको जस्तो देखीएर सोधेको हौ ।”
“लौ मान्छे हेरेर पनि बिहे भए नभएको थाहा हुन्छ र त्यैमाथी हामी मतवालीहरु सिंदुर पोते पनि खासै लगाएर हिंड्दैनौं । कसरी थाहा हुन्छ मलाई हेरेर लौ भन्नुस” भन्दै मेरो सामुन्ने उसको जिउ ते¥साई ।
“वाउ, एलीना तिमि सांच्चै राम्री छौ ।” केहि तारीफ गर्दै उसको शरीर नियाल्न थालें । छुंदा पनि दाग लाग्ने गोहे बेदाग सफा शरीरका सबै अंगहरु असाध्यै मिलेर बनेका थिए त्यैमाथी उनले लगाएको छोटो हाफ पेण्ट र सेण्डो जस्तो खालको टाईट टिसर्टमा साच्चैको कामुक र सुन्दर देखीएकी थिई एलीना ।

“मलाई तेस्तो लागेर पो भनेको त, पत्रकार हुं केहि न केहि लुकेको कुरा देख्छ नि त यो आंखाले ।” मैले स्पष्टीकरण दिंदे भनें । उ केहि गम्भीर देखीई । चिया पिउंदै भन्न थालि । सानै उमेरमा घरको छेउकै केटो संग लभ प¥यो । पढ्न लेख्न त्यत्ती ध्यान दिईएन १० कक्षा पढ्दै गर्दा उ संग भागें । केहि बर्ष संगै र राम्रै बित्यो हाम्रो तर पछि पछि भएपछि उसले मलाई वास्ता गर्न छोडेको जस्तो लाग्यो । घरका अरु मान्छेहरुसंग पनि मिलेर बस्न सकिन र छुट्टीएं । मलाई स्वतन्त्रता मन पर्छ नचाहिंदो कुरामा गिदि गरेको पटक्कै सहन सक्दीन । हामी छुट्टीएको २ बर्ष भयो धन्न बच्चा जन्माएनौं हामीले । अहिले माईतीमै बस्दै आएको छु तर धेरै जसो समय चाहिं काठमाण्डौंमै बस्छु । मेरो आफन्त साथीहरु धेरै मुलुकमा छन् अब युके तिर जाने तरखरमा छु । उनले सबै कुरा बेलीबीस्तार लगाईन चिया संग मैले भर्खरै सल्काएको अर्को सिगरेट तानेर पिउंदै ।

“सिगरेट पनि खान्छौ तिमि ?” मैले आश्चर्यरुपी भावमा सोधें । “ह्या दाई, मन लागेको कुरा खान के को आईतबार हौ ।” उसले सामान्य रुपमा भनि ।

चिया खाजा टन्न खाईवरी हामी होटलबाट बिल तिरेर बाहिर निस्कींदा झिसमिसे सांझ पर्न थालेको थियो । “ला… अध्यारो पो हुन थालिसकेछ त है । हामी कती बेला पुग्छौं दाई काठमाण्डौं ।” उसले लाडीदै मेरो व्याग भिर्दै सोधि ।
“जतिबेला पुगेपनि म सुरक्षीत पुर्याइहाल्छु नी किन चिन्ता मानेकी के ।” मैले हल्का उसको गाला चिमोट्दै भनें । “मलाई चिन्ता लागेको होईन हौ माई डियर, हजुरसंग अब के को चिन्ता लाग्नु नी मलाई“ अघि सम्म मलाई दाई भन्दै गरेकी एलीना अहिले डियर भन्दै म संग टांसीदै मस्कीदै थिई ।

“काठमाण्डौंमा कहां को संग बस्छौं तिमि एलीना ?” हामी बाईकमा बसी आफ्नो यात्रा तर्फ लागेपछि सोधें मैले ।

क्रमस : बाकी अर्को शनिवार….