सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार घोषणा

फिल्मीखवर साप्ताहिक पत्रिकाले स्व. सविन शाक्यको स्मृतिमा ‘सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । ३० बर्ष भन्दा बढी बिभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यले करिब २५ बर्ष चलचित्र पत्रकारिता गर्नुका साथै फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए ।
गत बर्ष असार २३ गते उनको निधन भएको थियो । शाक्यको निधन भएको बार्षिकी तथा प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्ति प्रियले बताए । उक्त पत्रकारिता पुरस्कार हरेक बर्ष फिल्मीखवरको बार्षिकोत्सवका अवसरमा प्रदान गरिने र पुरस्कारको राशी १०,०००। सहित प्रमाणपत्र प्रदान गरीने सम्पादकले जानकारी गराए ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया