‘कथा काठमाडौ’ फस्टलुक

फिल्म ‘कथा काठमाण्डौ’ को फस्टलुक सँगै प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । काठमाण्डौलाई कर्मथलो बनाएर बसेका पात्रहरुको कथालाई यो फिल्मले समेटेको छ । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशीका साथै संजोग कोइराला,  सन्ध्या केसी,  प्रमोद अग्रहरि,  प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ भने गायिका इन्दिरा जोशी विशेष भूमिकामा देखापर्दै छिन् ।

आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता विजय राई रहेका छन्  । लुजा सिंहको छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन छ । फिल्मको पोष्टर ‘लस्ट, लभ र लाइफ’ लाई मेन थीम बनेर निर्माण गरिएको छ ।  संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म असोज १२ गतेबाट देशभरका हलमा लाग्नेछ ।