‘बाबु कान्छा’ प्रचारका लागि सलोन-करिश्मा चितवनमा

नायक सलोन बस्नेत नायिका करिश्मा श्रेष्ठ सँगै फिल्म ‘बाबु कान्छा’ को प्रचारका लागी चितवन पुगेका छन् । पोष्ट प्रोडक्शनको काम नसकिएका कारण निर्देशक बस्नेत भने मोफसल दौडमा सहभागी हुन सकेनन् । फिल्ममा सलोन र करिश्मा का साथै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले भने-‘बाल कलाकारको रुप्मा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकाले कोही पनि दोधारमा नपरुन भनेर चलचित्रको ट्रेलरमा नेपाली बाबुको दृश्य राखिएको हो । फिल्मका लागि हामीले निकै मिहिनेत गरेका छौ,  दर्शकले रुचाउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’ उनले फिल्म स-परिवारसँगै हेर्न मिल्ने समेत बताए ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा छन् । फिल्ममा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ ।